यू- १९ टिमलाई विश्वकपमा पुर्‍याउने कप्तान

Jasus Khabar 3942+ समाचार ( )
८ वैशाख २०८२

नेपाली महिला क्रिकेटका लागि २०८१ साल गौरवको वर्ष रह्यो । किनकि, पूजा महतोको कप्तानीमा रहेको यू– १९ टिमले ऐतिहासिक विश्वकप खेल्यो । नेपाली यू– १९ पुरुष टिमले आठपल्ट यू– १९ विश्वकप खेले पनि यही उमेर समूहको महिला टिम विश्वकपमा पुग्न सकेको थिएन । पूजाको कप्तानीमा यू– १९ टिमले ऐतिहासिक विश्वकप खेलेर त्यो कमी पूरा गरिदियो । 

१६ डिसेम्बर २०२५ मा एसिया कपमा नेपालको यू– १९ टिम पाकिस्तानलाई पराजित गरी दोस्रो चरणमा प्रवेश गर्दा अलराउण्डर पूजाले सर्वोत्कृष्ट प्रदर्शन गरेकी थिइन् । एसियन छनोटमा यूएईलाई हराएसँगै नेपालको यू–१९ महिला टिम पहिलोपटक विश्वकपमा छानिएको थियो । 

डेब्यु विश्वकपमै दायाँहाते ब्याटर र मिडियम पेसर बलर पूजाले आफूलाई सहभागी अन्य राष्ट्रविरुद्ध अब्बल साबित गरिन् । बलिङ र ब्याटिङमा उनको प्रदर्शन सानदार थियो । फिल्डिङमा समेत उनले विपक्षीका लागि दबाबमूलक प्रदर्शन गरिन् । प्रतियोगितामा धेरै क्याच लिने सूचीमा उनी परिन् । प्रतियोगितामा नेपालको बलिङ तुलनात्मक रूपमा बलियो थियो, जसको नेतृत्व कप्तान पूजाले गरेकी थिइन् । 

समग्र विश्वकपमा उनी नौ विकेट, ७० रन र पाँच क्याच लिन सफल भइन् । मलेसियामा नेपालको यात्रा समाप्त भए पनि उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको शीर्ष स्थानमा अटाइन् । उनले चार खेलबाट नौ विकेट लिएकी थिइन् । सर्वाधिक रन बनाउनेको सूचीमा पनि उनी उत्कृष्ट ७ भित्र थिइन् । विश्वकपमा गरेको प्रदर्शनकै कारण उनी आईसीसीको नजरमा परिन् । 

आईसीसीले उनलाई प्रभावशाली प्रदर्शन गर्ने शीर्ष १० खेलाडीको सूचीमा समावेश गरेको थियो । टी– २० आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषितसमेत भइन् । कुनै पनि नेपाली खेलाडीका लागि यो महत्त्वपूर्ण उपलब्धि थियो । विश्वकपमा सहभागी भएर आएपछि उनलाई सरकारी निकायसहित थुप्रै संघसंस्थाले सम्मान र पुरस्कृत गरे । 

फागुन २०८१ मा नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको क्रिकेट खेलाडीहरूको ग्रेडिङमा महिलातर्फ पूजा ए ग्रेडमा समावेश भइन् । यसअघि उनी सी ग्रेडमा थिइन् । २०८१ सालमा आफ्नो टिमलाई विश्वकपसम्म पुर्‍याउनका लागि गरेको प्रदर्शनकै आधारमा पूजा शिलापत्र वर्षखेलाडी २०८१ को मनोनयनमा परेकी थिइन् । यद्यपि, उनी उत्कृष्ट खेलाडी २०८१ चयन भएकी छन् । वर्षखेलाडी र उत्कृष्ट खेलाडी चयनको प्रक्रियाबारे विस्तृत जानकारी पछि सार्वजनिक गरिनेछ । वर्षखेलाडी २०८१ आजै घोषणा गरिनेछ । 

उत्कृष्ट खेलाडी २०८१ मा चयन भएकाहरूः

प्रतिक्रिया

सम्बन्धित समाचार