रुबी खातुन मृत्यु प्रकरणमा नयाँ आरोप: वडा सदस्य जमिलले फरार अभियुक्त लुकाएको दाबी

Jasus Khabar 3942+ समाचार ( )
४ फाल्गुन २०८२

सुनसरी । रुबी खातुनको शंकास्पद मृत्यु प्रकरणमा थप गम्भीर आरोप सार्वजनिक भएको छ। पीडित पक्षले हरिनगर गाउँपालिका-१ का वडा सदस्य जमिल अन्सारीले फरार अभियुक्तलाई लुकाएर राखेको दाबी गरेका छन्। उनका अनुसार फरार रहेकी जुलेखा खातुनलाई हरिनगर गाउँपालिका–१ स्थित सतार अन्सारीको घरमा लुकाइएको छ।


पीडित परिवार मृतकका ठुलो बुवा इकबाल अन्सारीले वडा सदस्य अन्सारीले ठूलो रकम लेनदेन गरी अभियुक्तलाई जोगाउन प्रयास गरेको आरोपसमेत लगाएका छन्। उनीहरूले प्रहरीलाई भ्रममा पार्ने उद्देश्यले योजनाबद्ध रूपमा लुकाउने काम भएको दाबी गरेका छन्।


यसअघि यही प्रकरणमा प्रहरीले मुख्य आरोपित ६० वर्षीय दाउद अन्सारीलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी लगेको थियो भने उनकी श्रीमती जुलेखा खातुन अझै फरार रहेको जनाएको छ। फरार अभियुक्तको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ।


घटनाको विरोधमा स्थानीयले आज भोक्राहा नरसिंह गाउँपालिका-४ चिराैली चोैकमा प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेका थिए। जसपछि प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको थियो।


प्रहरी स्रोतका अनुसार वडा सदस्यमाथि लागेको आरोपबारे पनि अनुसन्धान हुन सक्ने संकेत देखिएको छ। यदि आरोप प्रमाणित भए कानुनी कारबाहीको दायरामा ल्याइने अधिकारीहरूको भनाइ छ।


स्थानीय बासिन्दाले भने घटनाको निष्पक्ष छानबिन गरी दोषी जो–कोही भए पनि कडा कारबाही गर्न माग गरेका छन्।


हरिनगर गाउँपालिका-१ का वडा सदस्य जमिल अन्सारीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन् सकेनन् ।


वडा सदस्य जमिल अन्सारी जुलेखा खातुनको भतिज हुन् । उनीहरु बीच फुफु, फुफाजु र भतिजको सम्बन्ध रहेको खुलेको छ । घटनामा सुरुवाती अवस्था देखीनै अन्सारीले फरार अभियुक्तहरुलाई संरक्षण गरिरहेको रहस्य बाहिरीएको छ । 

प्रतिक्रिया

Md Shamim ansari ४ फाल्गुन २०८२, सोमबार

Jhoto kura ko pchadi no lagno Yo jasus news

सम्बन्धित समाचार