एक किलोभन्दा बढी सुनसहित समातिइन् भारतीय नागरिक

Jasus Khabar 3962+ समाचार ( )
४ आषाढ २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक  पक्राउ परेका छन्।

विमानस्थल प्रहरीका अनुसार भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी एक किलोभन्दा बढी सुनसहित समातिएकी हुन्।

एयर अरेबियाको उडानमार्फत शारजहाँबाट काठमाडौँ ओर्लिएकी खेमानीको साथबाट प्रहरीले १ किलो १ सय ५९ ग्राम सुन बरामद गरेको हो। खेमानीले ल्याएको सुन अर्धठोस अवस्थामा रहेको जानकारी पनि प्रहरीले गराएको ट।

प्रहरीले उनको साथबाट प्लाष्टिकले बेरिएका  तीन वटा डल्ला अर्धठोस सुन बरामद गरेको हो।

प्रतिक्रिया