सप्तकोशी न्युरो अस्पतालमा कर्मचारीद्वारा तालाबन्दी

Jasus Khabar 3942+ समाचार ( )
२७ आषाढ २०८२

इनरुवा । भोक्राहा नरसिंह गाउँपालिका-४ स्थितमा रहेको सप्तकोशी न्युरो अस्पतालमा तलब नपाएको भन्दै कर्मचारीहरुले तालाबन्दी गरेका छन् ।


नयाँ सञ्चालक टिमले जिम्मेवारी सम्हाल्नु अघिनै अस्पतालमा देखिएको विवादका कारण शुक्रबार अपराह्नदेखि कर्मचारीहरुले अस्पतालको प्रशासनिक कार्यकक्ष तथा गेटमा तालाबन्दी गरेका हुन् ।


कर्मचारीहरुले तलब नपाएको र व्यवस्थापनले पटक-पटक आश्वासन दिँदै समयमै समस्या समाधान नगरेको भन्दै विरोधमा उत्रिएका हुन् । अस्पतालका कर्मचारीहरुले व्यवस्थापनको बेवास्ताका कारण काम गर्न गाह्रो भएको भन्दै आफ्ना माग पुरा नभएसम्म तालाबन्दी जारी राख्ने बताए ।


यता अस्पताल व्यवस्थापन पक्षले नयाँ सञ्चालक टिम आउन लागेको र आर्थिक व्यवस्थापनको काम अन्तिम चरणमा रहेकाले छिट्टै समस्या समाधान हुने जनाएको छ ।


हाल अस्पतालको आकस्मिक सेवा भने सुचारु गरिएको जनाइएको छ ।

प्रतिक्रिया