बालेनको चुनौती- गलत भए मलाई जेल हाल सरकार

Jasus Khabar 3958+ समाचार ( )
११ चैत्र २०८१

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन्। उनले भ्रष्टाचारीलाई सरकारले नै बचाएको आरोप लगाउँदै आफूले उठाएका विषय वस्तु गलत भए जेल हाल्न चुनौती दिएका हुन्।

उनले सामाजिक सञ्जालमा प्रमाण सार्वजनिक गर्दै  ‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारिलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने माथिको कुरा गलत भए मलाई जेल हाल ।’ उनले लेखेका छन् । 

उनले महानगरको २८ स्थानमा निर्माणाधीन काठमाडौँ टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक समेत गरेका छन् ।

प्रतिक्रिया