राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासित पूर्वमहामन्त्री मुकुल ढकालले जेन-जी आन्दोलनलाई घुसपैठिया र सरकारले हाइज्याक गरेको आरोप लगाएका छन्।>
उनले सामाजिक सञ्जालमा लेख्दै नेपालमा भएका हरेक आन्दोलन हाइज्याक हुने गरेको बताएका छन्। जेन-जी आन्दोलन हाइज्याक भयो भनेर बजारमा हल्ला छ तर सोच्नुपर्ने कुरा के हो भने नेपालमा कुन आन्दोलन हाइज्याक भएन भन्दै उनले प्रश्न गरे।>
ढकालका अनुसार सुरुमा घुसपैठियाले आन्दोलनलाई आफ्नो नियन्त्रणमा लिए, त्यसपछि अहिलेको सरकारले त्यसलाई हाइज्याक गर्यो। उनले यदि सरकारले हाइज्याक नगरेको भए आन्दोलन आफूहरूले गरेको भन्न सक्नुपर्ने तर्क गरे।>
उनले यही सिलसिला जारी रहेमा जेन-जी आन्दोलन पनि पुराना खेलाडीहरूले नै हाइज्याक गर्ने खतरा रहेको औंल्याएका छन्। देशका लागि जनताले पटक पटक आन्दोलन गरे, तर अन्तिममा सबै आन्दोलन हाइज्याक हुने र ब्याकफायर जनतालाई हुने गरेको भनाइ राखे।>
ढकालले नेपालमा सधैं हाइज्याकरले जित्ने र जनताले हार्ने गरेको दुखेसो गर्दै यो अवस्थालाई व्यङ्ग्यात्मक शैलीमा काम गर्ने कालु, मकै खाने....को पनि उल्लेख गरेका छन्।>>