४ वैशाख २०८२

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युक्रेन युद्धमा मारिएका लाखौं मानिसहरूका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै जिम्मेवार रहेको बताएका छन्।

ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूको प्रश्नको जवाफ दिइरहेका थिए। यस क्रममा एल साल्भाडोरका नेताहरू पनि त्यहाँ उपस्थित थिए।

“जब तपाईं युद्ध सुरु गर्नुहुन्छ तपाईंले युद्ध जित्न सक्नुहुन्छ भन्ने कुरा जान्नुपर्छ,” ट्रम्पले भने। ट्रम्पले यस युद्धको लागि पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि दोष दिए।


प्रतिक्रिया