आगजनी पिडित परिवारलाई - डा खालिद हक हुसैन द्वारा टिन हस्तान्तरण

Jasus Khabar 3962+ समाचार ( )
२२ वैशाख २०८२

मोहसिम अंसारी 

सुनसरी - हरिनगर गाउँपालिका वडा नं-५ स्थित वसन्तपुरमा आगजनी पिडित परिवारलाई घरको छाना टिन वितरण गरिएको छ। 

हरिनगर गाउँपालिका वडा नं-५ स्थित वसन्तपुरमा साेमबार भएको भिषण आगलागीबाट ११ घर परिवारलाई जलेर नष्ट भएपछि ३ कछ २७ पिस टिन वितरण गरिएको हो। 

११ घर परिवारकाे २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि जियाउल हक मेमोरियल ट्रष्ट च्यारेटीका अध्यक्ष डा खालिद हक हुसैनले निरीक्षण गरि उक्त घरको छाना टिन वितरण गरिएको हो। 

पीडित सबै घर परिवारलाई हौसला प्रदान गर्नुहुनुहुँदै पिडित परिवारलाई जियाउल हक मेमोरियल ट्रष्ट च्यारेटीका अध्यक्ष डा खालिद हक हुसैनले थप अझै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। 

प्रतिक्रिया