जिम गर्दागर्दै अस्ताए २२ वर्षीय क्रिकेटर घोष

Jasus Khabar 3958+ समाचार ( )
१८ श्रावण २०८२

बङ्गालका एक युवा क्रिकेटर प्रियोजीत घोषको असामहिक निधन भएको छ। २२ वर्षीय युवा क्रिकेट घोषको जिम सत्रका क्रममा अचानक ह्रदयघातका कारण निधन भएको हो।

बंगलाल क्रिकेट मात्र नभई विश्व क्रिकेटनै उनको निधनले स्तब्ध बनेको छ। बङ्गालका उदाउँदा क्रिकेट प्रतिभा प्रियोजीत घोषको जिम सत्रको क्रममा हृदयघात भएर निधन भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।

बिरभूम जिल्लाको बोलपुर निवासी प्रियोजीत घोष उदयिमान क्रिकेटर थिए। राष्ट्रिय टिममा पर्ने लक्ष्यसहित उनले रणजी ट्रफीमा बङ्गालको तर्फबाट प्रतिस्पर्धा गर्ने गर्थे। त्यसपछि राष्ट्रिय टिममा स्थान बनाउने उनको लक्ष्य रहेको थियो।

उनको क्रिकेट यात्रा जिल्ला स्तरबाट सुरु भएको थियो। सन् २०१८-१९ मा क्रिकट एशोसिएसन अफ बङ्गाल (सिएबी)द्वारा आयोजित अन्तर-जिल्ला यू-१६ क्रिकेट प्रतियोगितामा उनी सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका थिए। सो सफलताको सम्मानस्वरूप सीएबीद्वारा उनलाई समान गरिएको थियो।

प्रियोजीत फिट रहने उद्देश्यले हरेक विहान जस्तै शुक्रबारपनि बोलपुरको मिशन कम्पाउण्ड क्षेत्रमा रहेको जिम गएका थिए। ठीक त्यस्तै जसरी विराट कोहली पनि स्वास्थ्य र तन्दुरुस्तीको लागि विहानै जिम जाने गर्थे। दुर्भाग्यवश, व्यायामकै क्रममा पसिना झारिरहेका बेला उनी अचानक अस्वस्थ भए र हृदयघातका कारण ज्यान गुमाउन पुगे।

प्रतिक्रिया