इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमजानको रोजा बसेका मुस्लिम धर्मावलम्बीका लागि शुक्रबार साँझ वीरगन्ज महानगरपालिकाले संयुक्त इफ्तारी समारोह आयोजना गरेको छ। वीरगन्ज–१० आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजित संयुक्त इफ्तारी महानगरपालिकाका ३२ वटै वडाबाट गरी ३ हजारभन्दा बढी मुस्लिम धर्मावलम्बी सहभागी भए।>
संयुक्त इफ्तारीमा महानगरको ३२ वटै वडाका गरी करिब ३ हजार बढी मुस्लिम धर्मावलम्बी सहभागी भएको मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुँयालले बताए। शुक्रबार साँझ आयोजना गरिएको इफ्तारीमा सहभागी मुस्लिम धर्मावलम्बीलाई महानगरपालिकाले विभिन्न परिकारका साथै जलपान ग्रहण पनि गराएको छ।>
>
इफ्तारी समारोहमा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, विभिन्न वडाका वडाध्यक्ष, अन्य धर्मका अगुवा, महानगरपालिकाका कर्मचारी लगायतको पनि सहभागिता थियो>>