इन्डियन प्रिमियर लिग (आइपीएल)को पहिलो क्वालिफायरमा पन्जाब किङ्सलाई हराउँदै रोयल च्यालेन्जर्स ब्याङ्गलोर (आरसीबी) ९ वर्षपछि आइपीएलको फाइनलमा प्रवेश गरेको छ।>
आरसीबीले पन्जाबलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।>
मुलानपुर स्थित महाराजा युजवेन्द्र सिंह इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाब १४.१ ओभरमा १०१ रन बनाउँदै अलआउट भयो।>
पन्जाबले दिएको १०२ रनको विजयी लक्ष्य पछ्याको आरसीबीले १० ओभरमा २ विकेट गुमाउँदै १०६ रनसहित लक्ष्य पूरा गर्यो। >
पन्जाबले दिएको सामान्य लक्ष्य पछाएको आरसीबीको लागि फिल साल्ट ले सर्वाधिक ५६ रनको अविजित अर्धशतकीय पारी खेले। उनले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। विराट कोहोलीले १२ रन बनाउँदा मयंक अग्रवालले १९ रन बनाए। कप्तान रजत पार्टीदार १५ रनमा अविजित रहे।>
पन्जाबका लागि बलिङमा काइल ज्यामिसन र मुशेर खानले १-१ विकेट लिए।>
त्यसअघि ब्याटिङ गरेको पन्जाबका लागि मार्कस स्कोटिसले सर्वाधिक २६ रन बनाए उनले १७ बलमा समान दुई चौका र दुई छक्का प्रहार गरे। त्यसअघि ओपनर प्रभा सिम्रन सिंहले १८ रन बनाए अजमतुल्ला उमराजाईले १८ रन बनाउँदा अनि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। >
पन्जाबलाई सस्तैमा समेट्न आरसीबीका बलरद्वय जोश हाजवुड र सुरेश शर्माले समान ३-३ विकेट लिए यस दयालले २ विकेट लिँदा भुवनेश्वर कुमार र रोमारियो सेफर्डले १-१ विकेट लिए। आइपीएल २०२५ को एलिमिनेटरमा शुक्रबार गुजरात टाइटन्स र मुम्बई इन्डियन्स् भिड्दैछन् । >
>
पन्जाबले एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।>>