भारतको नयाँ दिल्ली रेल्वे स्टेसनमा भागदौड हुँदा कम्तिमा १५ जनाको मृत्यु

Jasus Khabar 3962+ समाचार ( )
४ फाल्गुन २०८१

भारतको राजधानी दिल्लीको नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भारतीय समय अनुसार शनिवार बेलुका उक्त घटना भएको हो।

महाकुम्भ मेलामा सहभागी हुन हिन्दू तीर्थयात्रीहरू रेलमा चढ्नको लागि पर्खिरहेका बेला भीडले कुल्चेर कम्तिमा १५ जनाको भएको समाचारहरूमा जनाइएको छ।

मृत्यु हुनेमध्ये १० जना महिला र तीन बालबालिका रहेका बताइएको छ।

दिल्लीका मुख्यमन्त्री आतिशीले पत्रकारहरूलाई १५ जनाको मृत्यु भएको बताए पनि भारतीय सञ्चारमाध्यम एनडीटीभीले १८ जनाको मृत्यु भएको जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया