सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को पालिकास्तरीय नतिजा विवरण सार्वजनिक गरेको छ। शिक्षा शाखाबाट सार्वजनिक गरिएको विवरण अनुसार पालिकाभित्रका ६ वटा विद्यालयबाट सहभागी २५१ विद्यार्थीमध्ये १५२ जना उत्तीर्ण भएका छन् भने पालिकाको समग्र उत्तीर्ण प्रतिशत ६१ रहेको छ।
सार्वजनिक नतिजाअनुसार श्री पृथ्वीनारायण माध्यमिक विद्यालयले सबैभन्दा उत्कृष्ट नतिजा ल्याउँदै ६३ प्रतिशत उत्तीर्ण गराएको छ। उक्त विद्यालयबाट सहभागी ५४ विद्यार्थिमध्ये ३४ जना उत्तीर्ण भएका छन्।
त्यसैगरी, जमिआ इस्लामिया माविले ९३ प्रतिशत नतिजा ल्याउँदै सबैको ध्यान तानेको छ। विद्यालयबाट ४२ जना सहभागीमध्ये ३९ जना उत्तीर्ण भएका छन्। मदरसतुल उलुम अल इस्लामिया विद्यालयले ८३ प्रतिशत नतिजा ल्याएको छ । विद्यालयबाट १२ जना सहभागीमध्ये १० जना उत्तीर्ण भएका छन् भने श्री जनता माध्यमिक विद्यालय भो.न.-७ ले ५९ प्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयबाट ४१ जना सहभागीमध्ये २४ जना उत्तीर्ण भएका छन्
यता श्री जनता माध्यमिक विद्यालय भो.न.-३ को नतिजा भने कमजोर देखिएको छ। २७ जना सहभागीमध्ये केवल ८ जना मात्र उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ३० रहेको छ।
पालिकास्तरीय तथ्यांकअनुसार ३.६ देखि ४.० GPA ल्याउने विद्यार्थी संख्या ३ जना रहेको छ भने ३.२ देखि ३.६ GPA ल्याउने २८ जना रहेका छन्। त्यस्तै २.८ देखि ३.२ GPA ल्याउने ८१, २.४ देखि २.८ GPA ल्याउने ३४ तथा २.० देखि २.४ GPA ल्याउने ६ जना विद्यार्थी रहेका छन्।
यद्यपि ९९ जना विद्यार्थीले १.६ भन्दा कम GPA ल्याएर NG प्राप्त गरेका छन्। यसले पालिकाको शैक्षिक अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको स्थानीय अभिभावकहरूको भनाइ छ।
शिक्षा शाखाले नतिजा सार्वजनिक गरेसँगै अब कमजोर नतिजा ल्याउने विद्यालयहरूको शैक्षिक सुधार, शिक्षक व्यवस्थापन र पठनपाठनको गुणस्तरबारे बहस सुरु भएको छ। वर्षेेनी शिक्षा क्षेत्रमा करोडौं खर्च गर्दै आएको भएपनि नतिजाले सम्मानजनक परिणाम ल्याउन नसक्दा बजेटको दुरुपयोग भएको स्थानीयहरु बताउँछन् ।>>
भोक्राहा नरसिंह गाउँपालिकाको SEE नतिजा सार्वजनिक: पालिकाको शैक्षिक अवस्थामाथि गम्भीर प्रश्न
प्रतिक्रिया
ताजा समाचार
देवानगञ्जमा दुई यादव समूहबीच झडप, एक घाइते
Jasus Khabar | ३ अशोज २०८३
अल बरकात दावातुल इस्लाम नेपालको नयाँ कार्यसमिति गठ...
Jasus Khabar | २७ भाद्र २०८३
नवजोश कृषि सहकारीको नयाँ कार्यसमिति गठन
Jasus Khabar | २७ भाद्र २०८३
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्व...
Jasus Khabar | १८ भाद्र २०८३
सुरक्षित र संयमित भएर बसाैं, सद्भाव कायम राखाैं: प...
Jasus Khabar | १३ श्रावण २०८३
समाज बचाऔँ, मानवता जाेगाऔँ: माेहम्मद जाकिर हुसैन
Jasus Khabar | १३ श्रावण २०८३