काठमाडौं महानगरपालिकाको बैठक बस्दै

Jasus Khabar 3942+ समाचार ( )
२७ आषाढ २०८२

आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै छ । मेयल बालेन्द्र शाह (बालेन) ले दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाएका हुन् ।

त्यसअघि आजै बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्दै छ । आजको बैठकमा नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेस हुने गरी तयारी अघि बढाइने तयारी छ ।

काठमाडौं महानगरमा मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण बैठक बस्न सकेको छैन । जसका कारण बजेट समेत प्रभावित भएको छ ।

प्रतिक्रिया