बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, शनिबार रातिको घटनामा आज मात्रै भेटियो शव

Jasus Khabar 3958+ समाचार ( )
२२ वैशाख २०८२

बुटवलको कालिका पथस्थित सडकको बीचमा रहेको विद्युतको हाइटेन्सन पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- २ शंकरनगरका २० वर्षीय गोपाल टण्डन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।

शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किँदा सो दुर्घटना भएको डीएसपी कार्कीले बताए । पोलमा ठोक्किएर झाडीमा मोटरसाइकलसँगै उछिटिएर गएका टण्डनको शव सोमबार बिहान मात्रै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

‘घटना शनिबार रातिको हो, विद्युतको हाइटेन्सनको पोलमा ठोक्किएर झाडीमा गएकाले आज बिहान मात्रै हामीले थापा पाएको थियौँ,’ उनले शिलापत्रसँग भने ।

प्रतिक्रिया