नेपाल लाइफ इन्स्योरेन्सले मनायो २४औँ वार्षिकोत्सव

Jasus Khabar 3942+ समाचार ( )
२३ वैशाख २०८२

 नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औं वार्षिकोत्सव देशव्यापीरुपमा विभिन्न कार्यक्रम गरी मनाएको छ । सो अवसरमा रक्तदान  निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू गरी वार्षिकोत्सव मनाएको हो।

यस अवसरमा कम्पनीले देशको सातैवटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगञ्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कूल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले चौबीसौँ वर्ष पूरा गरी पच्चीसौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू,शेयरधनीहरू ,सम्पूर्ण ग्राहकहरू, अभिकर्ताहरू, कर्मचारीहरू,नियामक निकायहरुका साथसाथै सबै सरोकारवालाहरूमा धन्यवाद तथा शुभकामना व्यक्त गरे।  यस्तै उनले  आगामी दिनमा सबैको माया,विश्वास र सहकार्य संस्थाले पाइरहने अपेक्षा व्यक्त  गरे।

प्रतिक्रिया