राजेन्द्र लिङ्देनको निर्णयलाई चुनौति दिन निर्वाचन आयोगमा नवराज सुवेदी

Jasus Khabar 3962+ समाचार ( )
२९ आषाढ २०८२

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको निर्णयलाई चुनौति दिँदै अनुशासन समितिको अध्यक्षबाट निलम्बित नवराज सुवेदी निर्वाचन आयोगमा पुगेका छन्।

लिङ्देनले सुवेदीलाई अनुशासन समितिबाट हटाउँदै रोशन कार्कीलाई अध्यक्षमा नियुक्त गरेपछि उक्त कदमलाई चुनौति दिँदै सुवेदीसहित राप्रपा संस्थापनइतर समूह निर्वाचन आइतबार आयोगमा पुगेको हो।

उनीसँगै संस्थापनइतर समूहका नेता राप्रपाका महामन्त्री धवलशमशेर राणा, प्रकाश चन्द्र लोहनी, हरि बहादुर बस्नेतलगायत नेताहरू पनि निर्वाचन कार्यालय पुगेका छन्।

आफूलाई पार्टीको विधानविरित हटाइएको सुवेदीले बताएका छन्।

सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक हुन्। उनी संयोजक बनेकोप्रति राप्रपाको संस्थापनपक्ष सन्तुष्ट थिएन।

प्रतिक्रिया