राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

Jasus Khabar 3958+ समाचार ( )
१ आषाढ २०८२

राप्रपा नेपालको  केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

आइतबार बस्न लागेको बैठकमा गत १५ जेठमा भएको आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरुप र तयारीबारे पार्टीको कार्ययोजना, भूमिका र धारणाबारे छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरणबारे पनि छलफल हुनेछ । बैठकले पार्टीको कार्यकर्ता भेला, प्रशिक्षण र गोष्ठी सञ्चालन गर्नेबारेमा समेत टुंगो लगाइने बर्तौलाले बताए ।

बैठकमा अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको आवश्यकता र औचित्यबारे बिफ्रिङ गर्ने कार्यसूची छ ।

प्रतिक्रिया