कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र

Griha Sewa 46+ समाचार ( )
२३ वैशाख २०८२

राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ ४ गतेदेखि कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ।  त्यसको लागि बोर्डले परीक्षा केन्द्रसमेत निर्धारण गरेको छ। बोर्डले आज सूचना जारी गर्दै यसको जानकारी दिएको हो। राष्ट्रिय परीक्षा बोर्डले विगतको परीक्षामा ११ र १२ उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो।

बोर्डले यसअघिका परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि एकपटक मौका परीक्षा दिन पाउने व्यवस्था गरेअनुसार परीक्षा सञ्चालन गर्न लागेको हो।  यो परीक्षामा विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ।

बोर्डका अनुसार २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीले मौका परीक्षा दिन पाउनेछन्। यो २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको सङ्ख्या १४ लाख रहेको अनुमान बोर्डको छ।


प्रतिक्रिया