सरकारले न्यायपालिका र मिडियामाथि नियन्त्रण गर्ने काम गरिरहेको छः रास्वपा

Jasus Khabar 3958+ समाचार ( )
२७ श्रावण २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले आफू अनुकूल कानून बनाउने, न्यायपालिकाको स्वतन्त्रता कुण्ठित पार्ने र मिडियामाथि नियन्त्रण गर्ने काम गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकार स्वयंको कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको टिप्पणी गरे।

उनले भिजिट भिसा प्रकरणदेखि पासपोर्ट छपाइमा भागबण्डा, ‘कुलिङ पिरियड’ दुरुपयोग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेका विकृतिमा संसद् र सरकार उदासिन रहेको आरोप पनि लगाए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई हाउ डेमोक्रेसी इज डाई भन्ने किताब पढ्न र आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामको मूल्याङ्कन गर्न आग्रहसमेत गरे।

उनले आफूहरु मुलुकमा सुशासन कायम होस् भन्ने चाहेको उल्लेख गर्दै प्रधानमन्त्रीले के चाहेको हो? भन्दै प्रश्न गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार