सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, तोलाको दुई लाख पाँच हजार नाघ्यो

Jasus Khabar 3961+ समाचार ( )
१६ भाद्र २०८२

नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गरिरहेको छ। आइतबार स्थानीय बजारमा प्रतितोला दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा एक हजार सात सय बढेको छ। 

आज सुन प्रतितोला दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४७० पुगेको छ। 

आइतबार चाँदी प्रतितोला दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ।

प्रतिक्रिया