मेक्सिकन जहाज ब्रुकलिन ब्रिजमा ठोक्किंदा २ जनाको मृत्यु, १९ घाइते

Jasus Khabar 3958+ समाचार ( )
५ जेठ २०८२

अमेरिकास्थित न्यूयोर्क शहरको ब्रुकलिन ब्रिजमा मेक्सिकन नौसेना प्रशिक्षण जहाज ठोक्किएको छ। ब्रिजमा ठोक्किएपछि जहाजमा सवार २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

न्यूयोर्कका मेयरले जहाज ठोक्किँदा १९ जना घाइते भएका र २ जनाको मृत्यु भएको बताएका छन्। त्यस्तै उनका अनुसार २ जनाको अवस्था गम्भीर छ।

जहाजमा २७७ मानिस सवार रहेको जनाइएको छ। जहाज त्यहाँ विशेष कार्यक्रमको लागि गएको थियो।

शनिबार साँझ जहाज यस पुलमुनिबाट जाँदा जहाजमा रहेको अग्लो खम्बा पुलमा ठोक्किएको भिडियो सार्वजनिक भएको छ।

ठोक्किएपछि जहाजको मस्तूलको केही भाग भाँचिएर जहाजमा खसेको थियो।  

न्यूयोर्क शहरको आपतकालीन व्यवस्थापन एजेन्सीले राहत कार्यमा संलग्न रहेको बताएको छ।   

मेक्सिकन नौसेनाले जहाज क्षतिग्रस्त भएको  छ। अधिकारीहरूका अनुसार जहाज न्यूयोर्कको पियर १७ बाट आइसल्याण्ड जाँदै थियो।

प्रतिक्रिया