खेलकुद विकासका लागि प्रतिबद्ध छु: अध्यक्ष अन्सारी

Jasus Khabar 3942+ समाचार ( )
५ फाल्गुन २०८१

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले खेलकुदको विकासमा आफु प्रतिबद्ध रहेको बताउनुभएकाे छ । 


सोमबार सुनसरीको कोशी गाउँपालिका वडा-५ स्थित कुम्याही श्रीपुरमा छैटौं अध्यक्ष कप फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वहाँले खेलकुदको विकासको लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गाउँपालिका महासंघ कोशी प्रदेशका अध्यक्ष तथा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र-४ का सभापति समेत रहनुभएका नेता ऐयुब अन्सारीले खेलकुद क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आफु प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष अन्सारीले विभिन्न बाधा, अवरोध र अप्ठ्याराका बाबजुद पालिका अन्तरगत खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । वहाँले स्थानीय खेलाडी उत्पादनमा जोड दिदै खेलमैदानको विकास र स्तरउन्नतिको लागि काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार