तीनदेखि बालिका बेपत्ता,खोजि कार्य जारी

Jasus Khabar 3962+ समाचार ( )
२९ जेठ २०८२

 सिमकोट गाउँपालिका-७ की ११ वर्षीय एक बालिका तीनदेखि बेपत्ता भएकी छन्। कर्णाली माध्यमिक विद्यालयमा कक्षा- ४ मा पढ्दै गरेकी ११ वर्षीय सुनसरी सिंह तीनदिनदेखि बेपत्त भएकी हुन्।  यही जेठ २६ गते बेलुका खेल्न क्रममा बेपत्ता भएकी उनका बुबा देवी सिंहले जानकारी दिए।

छोरी हराएकोबारे धारापोरी प्रहरीचौकीलाई जानकारी गराए पनि नभेटिएको उनले बताए। बेपत्ता बालिकाको खोजी कार्यमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए।


प्रतिक्रिया