प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

Jasus Khabar 3942+ समाचार ( )
२१ वैशाख २०८२

यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय  टेनिस प्रतियोगिता २०८२’ आज (आइतबार) देखि सुरु भएको छ। 

सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मलकुमार थापाले निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गरेका हुन्।

सैनिक तालिम महानिर्देशकद्वारा सञ्चालित प्रतियोगितामा १५ महिलासहित एक सय ९६  खेलाडीले विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्ने छन्।

यही वैशाख  २८ गतेसम्म चल्ने तेस्रो संस्करणको उक्त प्रतियोगितामा विभिन्न नौवटा क्लबका खेलाडीको सहभागिता छ।

खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येय रहेको प्रतियोगिता प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै आएको छ। रासस

प्रतिक्रिया