सुनसरी जिल्लाकाे काेशी गाउँपालिका क्षेत्रबाट सशस्त्र प्रहरीले ब्राउन सुगर सहित दुई जना पुनः पक्राउ गरिएको छ ।सशस्त्र प्रहरी बल नेपाल(बिओपी)लाैकहीबाट प्रहरी निरिक्षक नारायण प्रसाद गाैतम नेतृत्वकाे टाेलीले भारतीय बजारवाट लुकाएर ल्याइएको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बुधबार दुईजनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख निर्मल थापाले जानकारी दिनुभयो । उहाँको अनुसार निरिक्षक गाैतम नेतृत्वको टाेलीले भारतीय बजारवाट नेपालतर्फ आएका सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ११ बस्ने २७ बर्षका बुस्तन लिम्बू र २७ बर्षिय संगिता तामाङलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुवाट लागुओषध खैराे हिराेईन जस्तो देखिने पदार्थ ८ दशमलव ७६० ग्राम फेला पारी आवश्यक कारवाही लागि नेपाल प्रहरीकाे जिम्मा लगाएकाे छ । लागुओषध काराेवार न्युनिकरण तथा नियन्त्रण गर्न सीमामा सशस्त्र प्रहरी कटिबद्ध भई लागेकाे हुनाले पछिल्लो समय लागुओषध काराेवारी धमाधम पक्राउ पर्न थालेकाे सशस्त्र प्रहरी सुनसरी प्रमुख थापाले बताउनुभयो ।>>
काेशीमा धमाधम लागुओषध काराेबारी पक्राउ
प्रतिक्रिया
ताजा समाचार
देवानगञ्जमा दुई यादव समूहबीच झडप, एक घाइते
Jasus Khabar | ३ अशोज २०८३
अल बरकात दावातुल इस्लाम नेपालको नयाँ कार्यसमिति गठ...
Jasus Khabar | २७ भाद्र २०८३
नवजोश कृषि सहकारीको नयाँ कार्यसमिति गठन
Jasus Khabar | २७ भाद्र २०८३
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्व...
Jasus Khabar | १८ भाद्र २०८३
सुरक्षित र संयमित भएर बसाैं, सद्भाव कायम राखाैं: प...
Jasus Khabar | १३ श्रावण २०८३
समाज बचाऔँ, मानवता जाेगाऔँ: माेहम्मद जाकिर हुसैन
Jasus Khabar | १३ श्रावण २०८३