युनिग्लोब एसएस/कलेज, कमलादीले २०८१ सालमा एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘स्किल फेस्ट २०८२’ आयोजना गर्न लागेको छ । >
आगामी ४ जेठदेखि सुरु हुने यो कार्यक्रम युवाप्रेरित, ऊर्जा–सञ्चारित तथा सीप विकासमुखी हुने कलेजले जनाएको हो । >
फेस्टअन्तर्गत सहभागी विद्यार्थीहरूलाई २१औँ शताब्दीका अत्यावश्यक जीवनोपयोगी तथा शैक्षिक सीपहरू प्रदान गर्ने उद्देश्यले विभिन्न व्यावहारिक कार्यशाला र खेलकुद क्याम्प सञ्चालन गरिनेछन् । कार्यक्रमभित्र प्रिजेन्टेसन वर्कसप, पब्लिक स्पिकिङ वर्कसप, कन्टेन्ट राइटिङ वर्कसप, फोटोसपको आधारभूत तालिम, साथै फुटसल र बास्केटबल क्याम्पजस्ता विविध गतिविधिहरू समावेश गरिएको कलेजले जनाएको छ ।>
युनिग्लोब एसएस/कलेजका प्राचार्य डा. गणेश रेग्मीले भने, 'स्किल फेस्ट २०८२ केवल कार्यक्रम मात्र नभई एसईईपछिको यात्रामा विद्यार्थीहरूले आफ्नो प्रतिभा अभिव्यक्त गर्न, आत्मविश्वास बढाउन र सफल भविष्यको तयारी गर्न पाउने सशक्त माध्यम हो ।'>
उनले शिक्षा केवल किताबी ज्ञानमा सीमित नरही अब व्यावहारिक सिकाइ र जीवन उपयोगी सीपको आवश्यकता रहेको बताए । 'स्किल फेस्टले विद्यार्थीको संचार क्षमता, सिर्जनात्मक सोच, सहकार्य क्षमता र आत्मविश्वासमा उल्लेखनीय विकास गराउनेछ,' डा. रेग्मीले भने ।>
कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहेको र २०८१ सालमा एसईई उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीहरूका लागि खुला गरिएको जानकारी गराइएको छ । सीटहरू सीमित भएकाले इच्छुक विद्यार्थीहरूलाई चाँडै दर्ता गर्न आयोजकको आग्रह छ ।>
'तपाईं प्रभावकारी वक्ता बन्न चाहनुहुन्छ ? सक्षम लेखक वा सिर्जनात्मक डिजाइनर बन्न चाहनुहुन्छ ? प्रभावकारी टिमप्लेयर बन्न चाहनुहुन्छ ? स्किल फेस्ट २०८२ तपाईंका लागि उत्कृष्ट सुरुवातको प्लेटफर्म हो,' आयोजकले भनेका छन्।>>