दाङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

Jasus Khabar 3958+ समाचार ( )
३१ आषाढ २०८२

 दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।  रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा अनियन्त्रित भएर दुर्घटना हुदा गढवा गाउँपालिका- ८ घर भई घोराही उपमहानगरपालिका-१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो।

दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिए।  शाहका अनुसार रामपुरबाट घोराहीतर्फ जादै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा सोमबार बेलुका अनियन्त्रित भएर दुर्घटना भएको थियो।

तीब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ। दुवै जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया