अजमल अन्सारी>
सुनसरी। हिलाल पब्लिक स्कूलका पूर्व अध्यक्ष हाफिजुद्दीन मियाको निधन भएको समाचारले विद्यालय परिवार स्तब्ध बनेको जनाएको छ । विद्यालय प्रशासनका अनुसार स्वर्गीय मियाले विद्यालय स्थापना कालदेखि नै शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका थिए ।>
विद्यालयका प्रधानाध्यापक जावेद अन्सारीले हाफिजुद्दीन मिया असल, समझदार र धैर्यवान व्यक्ति भएको उल्लेख गर्दै उहाँको निधनले विद्यालय समुदायले एक निष्ठावान् सहयोगी गुमाएको बताउनुभयो । मियाले विद्यालयको विकासका लागि निरन्तर सुझाव, मार्गदर्शन र सहयोग गर्दै शिक्षक तथा विद्यार्थीको प्रगतिको जानकारी नियमित रूपमा लिइरहनुहुथ्यो । उहाँले भन्नुभयो, “अल्लाहले उहाँलाई क्षमा गरून् र स्वर्ग प्रदान गरून् । उहाँको योगदान हिलाल पब्लिक स्कूलका हरेक शिक्षक, विद्यार्थी र अभिभावकको स्मृतिमा रहनेछ ।”>
विद्यालय प्रशासनले भोलि कात्तिक १६ गते शोक बिदा दिने र परीक्षा कार्यक्रम एक दिन पछाडि सार्ने निर्णय गरेको जनाएको छ । नयाँ समयअनुसार परीक्षा कात्तिक १७ गतेदेखि सञ्चालन हुने विद्यालयले जानकारी दिएको छ ।>
>
विद्यालय परिवारले हाफिजुद्दीन मियाको आत्माको चिर शान्तिको कामना गर्दै गहिरो श्रद्धाञ्जली अर्पण (दुआ) गरेको छ । वहाँको अन्त्येष्टि (नमाजे जनाजा) आज ३ बजे कबरिस्तानमा गरिने पारिवारिक श्रोतले जनाएको छ । >>