सुर्खेतमा भेटियो युवतीको शव, हत्या गरेको आंशका

Jasus Khabar 3958+ समाचार ( )
२१ वैशाख २०८२

सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका– १२ मा एक जना युवतीको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइटको पानी खोल्सामा डुबेको अवस्थामा आइतबार बिहान ५ः०० बजे शव भेटिएको हो । 

प्रहरीका अनुसार अन्दाजी उनको उमेर २२ देखि २५ वर्षको रहेको छ । प्रहरीले उनलाई हत्या गरेर फालेको आंशका गरेको छ । 

शवको पहिचान हुन नसकेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया