१९७ बोरा युरिया मल गायब भएको विषयमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।>
मायादेवी गाउँपालिकाको डुमरा स्थित चेतना विकास कृषि सहकारीले वडा नम्बर ५ बलुहवाका कृषकलाई वितरण गर्न भन्दै कृष्णनगर स्थित साल्ट ट्रेडिङ कर्पोरेसन बाट किनेर ल्याएको थियो। >
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको निर्देशनपछि सोही सहकारीका सञ्चालक वशिष्ठ पाण्डेलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताए । सो विषयमा छानबिन पछि मुद्दा चलाउने तयारी गरिएको उनले बताए । सो मल कृषकलाई वितरण नगरी सहकारीले अन्यलाई बेचेको समेत स्रोतले जनाएको छ। >
>
सो विषयमा छानबिनका लागि स्थानीय कृषकहरूले गत साउन ११ गते गाउँपालिकामा समेत निवेदन दिएका थिए। वडा अध्यक्ष राघवेन्द्र पाण्डेले सो मलका विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । जिल्लामा अनुदानको मल कृषि सहकारी र डिलरले कालोबजारी गर्ने गरेको कृषकहरूले बताएका छन्। ५० किलोको एक बोरालाई साढे नौ सय मा बिक्री गर्नुपर्नेमा कृषि सहकारीले दोब्बर बढी मूल्यमा बिक्री गर्ने गरेको कृषकहरूको आरोप छ।>>