अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा छापा हानेको छ। अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा छापा हानेको हो । टोलीले नगरपालिका कार्यालयबाट केही योजनाका कागजातहरू नियन्त्रणमा लिएको छ।>
यस्तै, केही योजनाहरूको स्थलगत निरीक्षण पनि गारिएको अख्तियारले जनाएको छ। अख्तियारका सूचना अधिकारीका अनुसार, नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । सोही उजुरीका आधारमा आवश्यक कुरा बुझ्न अख्तियारको टोली नगरपालिका पुगेको हो ।>
>
>>>