सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Jasus Khabar 3958+ समाचार ( )
१४ जेठ २०८२

सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल १ हजार ९९५ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५अमेरिकी डलर  कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया