विश्व सङ्गीत दिवसमा थारू कलाकारको प्रस्तुति

Jasus Khabar 3958+ समाचार ( )
८ आषाढ २०८२

राष्ट्रिय थारू कलाकारहरूले मौलिक गीतसहित प्रस्तुति दिएका छन् । विश्व सङ्गीत दिवसको अवसरमा शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको वृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा उनीहरूले आआफ्नो ठाउँ विशेषका प्रस्तुतिहरू दिएका हुन् ।

कार्यक्रमको नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेशम चौधरीले गरेका थिए । कार्यक्रममा बोल्दै चौधरीले पहिचानको लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको गुनासो गरे ।

राष्ट्रिय थारू कलाकार संघका महासचिव विजय चौधरीले देशभरका थारू कलाकारहरूले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुति दिएको जानकारी दिए ।

कार्यक्रममा चारजना अग्रज स्रष्टालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया