भुटाहामा ६१ किलोग्राम गाँजा सहित अन्सारी पक्राउ

Jasus Khabar 3958+ समाचार ( )
२२ मंगशिर २०८२

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहामा सशस्त्र प्रहरीले ठूलो परिमाणको अवैध गाँजा सहित एक युवकलाई नियन्त्रणमा लिएकाे छ।

शनिबार राति करिब साढे ११ बजे सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक अदिलशेर लिम्बुको कमाण्डमा खटिएको सात जनाको मोवाइल गस्ती टोलीले धार जाने बाटोमा शंका लागेर सोधपुछ गर्दा हरिनगर गाउँपालिका-२ बस्ने अन्दाजी ३० वर्षीय कैला अन्सारीको साथबाट २ वटा कालो प्लास्टिकको पोका र १ वटा ब्यागमा राखिएको करिब ६१ किलोग्राम गाँजा फेला पारेको हो।

निजले उक्त पदार्थ टाउकोमा बोकी दक्षिणतर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साथै, उनको साथबाट Readme–10 कम्पनीको एक थान मोबाइल फोन पनि बरामद गरिएको छ।

बरामद गरिएको गाँजा सहित पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएकाे सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया