२२ वर्षको हुँदा हत्यामा संलग्न, ४६ वर्षको हुँदा पक्राउ

Jasus Khabar 3962+ समाचार ( )
२६ फाल्गुन २०८१

भोजपुरमा हत्यामा संलग्न रहेर फरार रहँदै आएका एक व्यक्ति २४ वर्षपछि प्रहरीको नियन्त्रणमा परेका छन् । भोजुरको पौवादुम्मा गाउँपालिका–६ का ४६ वर्षीय शान्तकुमार राई घटना गराएको २४ वर्षपछि प्रहरी नियन्त्रणमा परेका हुन् 

कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी दिनुसार भोजपुरको सविक ठुलोदुम्मा गाविस का बिजयकुमार राईलाई २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाईते बनाएपछि जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो ।

घटना पश्चात तत्काल भागी फरार रही लुकिछिपी बस्दै आएका राईलाई २०८१ फागुन २५ गते पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार भोजपुर चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया