जेनजीका सहिदलाई समर्पित गरे कप्तान रोहितले म्यान अफ दि म्याचको अवार्ड

Jasus Khabar 3962+ समाचार ( )
१२ अशोज २०८२

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफूले पाएको म्यान अफ यिद म्याचको अवार्ड जेनजी आन्दोलमा सहिद भएकालाई समर्पित गरेका छन्।

उनले शनिबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा शान्दार प्रदर्शन गरेपश्चात उक्त अवार्ड पाएका थिए। अवार्ड पाएपछि उनले भने, 'मैले पाएको म्यान अफ दि म्याचको अवार्ड नेपालमा जेनजी आन्दोलनमा सहिद भएकोहरूलाई सर्मिपत गर्न चाहन्छु।'

गत भदौ २३ र २४ गते भएको आन्दोलनमा परि ज्यान गुमाएका छन्।

नेपालले शनिबार वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्द ऐतिहासिक जित निकाल्यो। अब नेपालले सोमबार र मगंलबार वेस्ट इन्डिजसँग दोसो र तेस्रो सिरिज खेल्ने छ।

प्रतिक्रिया

सम्बन्धित समाचार