दशैंको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

Jasus Khabar 1+ समाचार ( )
१७ अशोज २०८१

सर्वोच्च अदालतले दसैं पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ जारी रहने जानकारी दिएको छ। बिदाको समयमा पनि अदालतले बिहान ११ बजेदेखि ३ बजेसम्म उक्त निवेदनको सुनुवाइका लागि खुला रहनेछ।

सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ कि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनका लागि अदालत खुला रहनेछ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ अनुसार, घटस्थापनाका दिन, शनिवार र विजया दशमीका दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गरिने व्यवस्था गरिएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार