डाक्टर आन्दोलनमा, बिरामी अस्पतालमा अलपत्र

Jasus Khabar 3962+ समाचार ( )
२३ आषाढ २०८२

 चिकित्सकहरू देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेर आन्दोलनमा उत्रिदा बिरामी मारमा परेका छन्।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै चिकित्सक संघले देशभरका अस्पताल बन्दको आह्वान गरेपछि बिरामी उपचार नपाएर मारमा परेका हुन्।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि आन्दोलनको असर परेको छ। ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन्।

कतिपय बिरामी आज रिपोर्ट देखाएर आजै फर्किने गरी आएका थिए। उनीहरुलाई खान-बस्नकै समस्या भएको छ। आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरु अन्योलको स्थितिमा छन्।

संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ।

प्रतिक्रिया