एएफसी यू २० महिला एसियन कप छनोट : नेपालले आज भुटानसँग खेल्दै

Jasus Khabar 3942+ समाचार ( )
२१ श्रावण २०८२

एएफसी यू २० महिला एसियन कप छनोटअन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ। नेपालले भुटानको थिम्पुस्थित चाङ्लिमिथान स्टेडियममा नेपाली समयअनुसार ५:४५ मा घरेलु टिमविरुद्ध खेल्नेछ । उमेरसमूहअन्तर्गत यू २० फम्र्याटमा नेपालले भुटानमाथि हालसम्म जित निकालेको छ। 

गत महिनामा सम्पन्न भएको साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा ६–१ र दोस्रो खेलमा ८–० ले हराएको थियो।  त्यसअघि सन् २०२३ मा नेपालले साफ यू २० महिला प्रतियोगितामा भुटानलाई ४–० ले हराएको थियो। 

यसपटक भने भुटानले घरेलु मैदानमा घरेलु समर्थकको अगाडि खेल्न लागेको हो। जसका कारण नेपाली प्रशिक्षक यमप्रसाद गुरुङले भुटानलाई कमजोर नठान्न बताएका छन्। प्रिम्याच प्रेस कन्फ्रेन्समा गुरुङले भुटानले घरेलु मैदानमा खेल्ने भएकाले भुटानलाई कमजोर नआँक्दै नेपालले आफ्नो खेल प्रस्तुत गर्ने बताएका छन्। उनले भने, ‘भुटानले घरेलु मैदान र घरेलु समर्थकको अगाडि खेल्ने भएकाले हामीले भुटानलाई कमजोर प्रतिस्पर्धीको रुपमा हेरेका छैनौं। हामी राम्रोसँग खेल खेल्ने छौं।’

नेपाली टिमः   गोलकिपरः सुजाता तामाङ, लीला जोशी, करुणा बुढाथोकी

डिफेन्डर : सिम्रन राई, सरिता कुमारी नाथ, माया मास्के, गंगा रोकाया, सोमिहाङ्मा लिम्बू पान्धाक, सजिना स्याङतान, अनिशा राई, सीता रोकाया

मिडफिल्डर : कविता गुरुङ, शुशिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी९कप्तान०, सेनु परियार

फर्वाड : कुसुम खतिवडा, पूर्णिमा राई, मीना देउवा, सुक्रिया मिँया, बर्षा ओली, मनिषा सेन, समिक्षा मगर 

प्रमुख प्रशिक्षक : यम प्रसाद गुरुङ

सहायक प्रशिक्षक :चन्द्रा भण्डारी

गोलकिपर प्रशिक्षक : मिन बस्नेत

व्यवस्थापक : इन्दु दुवाल 

फिजियो : पूर्णिमा घिसिङ

प्रतिक्रिया

सम्बन्धित समाचार