>
अजमल अन्सारी>
सुनसरी । सशस्त्र प्रहरीको टोलीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ४ गण मुख्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडा क्षेत्रमा शंकास्पद अवस्थामा रोकिएको ट्रक जाँच गर्ने क्रममा ७८३ किलोग्राम गाँजा बरामद गरिएको हो।> सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश धरानको संयुक्त टोलिले पक्राउ गरिएको हो । >
>
प्रहरीले जनाएअनुसार नम्बर प्लेट नभएको अवस्थामा भेटिएको ट्रकलाई जाँच गर्दा ठूलो परिमाणमा गाँजा लुकाएर राखिएको फेला परेको थियो। अनुसन्धानका क्रममा ट्रकको नम्बर प्लेट उखेलेर हेर्दा सो ट्रक ना. ७ ख २८१ रहेको खुलेको छ।>
>
ट्रकसँगै बराहक्षेत्र नगरपालिका–५ का चालक ३२ वर्षीय मनोज परियार र धनकुटा घर भएका सहचालक २६ वर्षीय आकाश राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।>
>
सशस्त्र प्रहरी बल नम्बर ४ गण मुख्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निर्मल थापाले लागूऔषध ओसारपसारमा संलग्नहरूलाई कारबाही गर्न सुरक्षा चेकजाँचलाई अझ कडा बनाइएकाले सफलता हात परेको बताए। उनले भने, "सङ्गठित रूपमा लागूऔषध ओसारपसार गर्ने गिरोह सक्रिय रहेकाले नियन्त्रणका लागि निरन्तर अप्रेसन जारी छ। यो पक्राउ हाम्रो अभियानको ठूलो उपलब्धि हो।">
>
सशस्त्र प्रहरी बलले लामो समयदेखि गाँजा तथा लागूऔषध ओसारपसार विरुद्ध चेकजाँच अभियान सञ्चालन गर्दै आएको छ।>
>
>>