जैस-ए-मोहम्मदका प्रमुख मसुदको परिवारका १० सहित १४ जनाको मृत्यु

Jasus Khabar 3958+ समाचार ( )
२४ वैशाख २०८२

भारतले गरेको सैन्य कारबाहीमा पाकिस्तानी चरमपन्थी संगठन जैस-ए-मोहम्मदका प्रमुख मसुद अजहरको परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु भएको छ । 

जैस-ए-मोहम्मदले बुधबार बयान जारी गर्दै भारतीय सैनय कारबाहीमा संगठन प्रमुख मसुदकी दिदी-भिनाजु, भतिजा-भतिजीसहित परिवारका पाँच बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ । 

उक्त संगठनले उक्त आक्रमणमा मसुद अजहरका तीन सहयोगी र ती सहयोगी मध्येका एक सहयोगीकी आमाको पनि मृत्यु भएको बीबीसी हिन्दीको अनलाइन संस्करणमा समाचार छ । 

बीबीसीका अनुसार पाकिस्तानको बहावलपुरमा सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा परी मसुद अजहरका नातेदारहरूको मृत्यु भएको हो ।सन् २०१९ पेब्रअरीमा जैस-ए-मोहम्मदले जम्मु-कश्मिरमा गरेको आत्मघाती बम विष्फोटमा ४० भारतीय सैनिकको मृत्यु भएको थियो । 

बुधबार बिहान भारतीय सेनाका कर्णेल सोफिया कुरेसीले ‘प्रेस ब्रिफिङ’का क्रममा भारतीय सशस्त्र बलले मे ६–७ को राती १ बजेर ५ मिनेटपछि साढे १ घण्टा ‘अपरेसन सिन्दुर’ सञ्चालन गरेको थियो । 

पाकिस्तानले उक्त आक्रमणमा २६ पाकिस्तानी नागरिकको मृत्यु र ४६ नागरिक घाइते भएका पुष्टि गरेको छ । भारतले पनि नियन्त्रण रेखामा सीमा पारीबाट भएको आक्रमणबाट १० भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएका जनाएको छ ।

प्रतिक्रिया