कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

Jasus Khabar 1+ समाचार ( )
६ पौष २०७९

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।

उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापा २५ मत पाए।

कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।

प्रतिक्रिया