तजमूल मन्सुरी भोक्राहा सुनसरी >
सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं - १० प्रकाशपुरमा यहि श्रावण २६ गतेबाट प्रथम प्रकाशपुर महोत्सव २०८२ सुरु हुने भएको छ। >
श्रावण २६ गतेबाट सुरु भएको उक्त प्रथम प्रकाशपुर महोत्सव २०८२ भदौ १२ गते सम्म प्रकाशपुर -१० को स्वास्थ्य चौकि अघाडिको प्रांगणमा संचालन हुने जानकारी आयोजकले शनिबार पत्रकार सम्मेलन कार्यक्रम गरी बताएको हो । >
मेला आयोजक बराहक्षेत्र १० लालुपाट संस्था रहेको छ भने सहयोगी संस्थाहरु प्रकाशपुर युवा जमात , प्रकाशपुर फुटबल क्लब , सप्तकोशी युवा समुह, अजम्बरी युवा क्लब , देउराली युवा समुह , रहेका छन भने उक्त महोत्सव कार्यक्रम संवनय वडा नं १० वडा कार्यलयले गरेको वडा अध्यक्ष तेज ब गुरुङले जानकारी दिएका छन्। >
वडा अध्यक्ष गुरुङका अनुसार प्रथम प्रकाशपुर महोत्सव - २०८२ नेपालि हिन्दु महिलाहरुको महान पर्व हरीतालिकाको अवसरलाई लक्षीत गरेर संचालन गर्न लागीएको हो , करीब २१ दिनको उक्त महोत्सव कार्यक्रम अवधि सकिए सथानियहरुको माग रहेमा अरु ३ दिन समय थप हुन सक्नेछ, यसले स्थानियहरु लाई भरपुर मनोरञ्जन दिनेछ साथै एक आपसको भाईचारा र सहयोग साथै सोभार्द रुपमा सभ्य र भब्य रुपले यो कार्यक्रम सम्पन्न हुने मैले आशा गरेको छु र यो कार्यक्रममा बिभिन्न राष्ट्रीय तथा स्थानिय कलाकारहरुको सांगेतिक प्रष्तुती रहनेछ , तर उक्त दिन प्रबेश सुल्क लाग्नेछ त्यो भने आयोजकले हरेक दिन झिकाएको कलाकारको आधारमा प्रबेश शुल्क तय हुनेछ अध्यक्ष गुरुङले भने महोत्सवमा बिभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरु, समाबेस रहनेछ >>