ग्वेन्ग्याम्पको अन्तिम खेलमा सावित्राको ह्याट्रिक

Jasus Khabar 3958+ समाचार ( )
२५ वैशाख २०८२

सावित्रा भण्डारीले फ्रेन्च लिगको शीर्ष डिभिजनअन्तर्गत फेमिनिनमा रेलिगेसनमा परिसकेको अभान्ट ग्वेन्ग्याम्पका लागि ह्याट्रिक पूरा गरेकी छन्। अन्तिम खेलमा सावित्राले आफ्नो ‘ब्यक्तिगत’ प्रदर्दशको भने सुखद अन्त गरिन्।

स्टेड सेन्टर फर्मेसनमा बुधबार सम्पन्न खेलमा सेन्ट–एटिएन फेमिनिन्सलाई ग्वेन्ग्याम्पले ३–२ ले पराजित गरेको हो। ग्वेन्ग्याम्पकी साम्बाले तीन गोल गरिन्। सेन्ट–एटिएनका अमान्डाइन पियरे–लुइस र एडेल कोनेसनले समान एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै पाँच गोल दोस्रो हाफमा भएको थियो। खेलको ५४औं मिनेटमा लुइसको गोलमार्फत पाहुना टोलीले सुरुआती अग्रता लिएको थियो। तर, त्यसको तीन मिनेटपछि नै साम्बाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काइन्। यद्यपि, ग्वेन्ग्याम्प सम्हालिन नपाउँदै ६१औं मिनेटमा कोनेसनले अर्को गोल थप्दै सेन्ट–एटिएनलाई पुन: २–१ को अग्रता दिलाइन्।

तर, साम्बाले निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा अर्को गोल थप्दै टोलीलाई पुन बराबरीमा पुर्याउँदा उनले इन्जुरी समयको पाँचौं मिनेटमा ह्याट्रिक पूरा गरिन्। योसँगै ग्वेन्ग्याम्प ३–२ ले विजयी भयो।

साम्बा २०८० माघमा फ्रान्सको शीर्ष डिभिजन लिग क्लब ग्वेन्ग्याम्पमा अनुबन्ध भएकी थिइन्। तर उनले क्लबका लागि उत्कृष्ट प्रदर्शन गरेपनि रेलिगेशनबाट जोगिन भने क्लब सकेन्। यसपल्ट भने ग्वेन्ग्याम्प तीन खेलअगाबै रेलिगेसनमा परेको थियो। ग्वेन्ग्याम्पले २२ खेलबाट नौ अंकसहित पुछारमा रहेर लिग सक्कायो।

साम्बाले ग्वेन्ग्याम्पको जर्सीमा यस सिजन ६ गोल गरिन्। त्यसमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)विरुद्ध उनले दुई गोल गरेकी थिइन्।

प्रतिक्रिया