सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिका–७ जट्वारा टोलमा कटुवा पेस्तोल देखाएर धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।>
बिहिवार साँझ जट्वारा टोल बस्ने २५ वर्षीय सजाद अन्सारी र सोही ठाउँका २३ वर्षीय सारीक जटबीच सामान्य विवाद चर्किएपछि अन्सारीले कटुवा पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको भन्दै खबर प्राप्त भएपछि प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएको हो।>
>
प्रहरी चौकी घुस्किहाटमा सूचना पुगेसँगै जिल्ला प्रहरी कार्यालय सुनसरी, प्रहरी चौकी घुस्किहाट तथा सशस्त्र प्रहरी बल बिओपी घुस्किहाटको संयुक्त टोली घटना स्थल पुगेर स्थानीयको सहयोगमा अन्सारीलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।>
>
पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।>
>