सुनसरीमा घाँस काट्न गएका किशोरमाथि अज्ञात समूहको गोली प्रहार

Jasus Khabar 3962+ समाचार ( )
२२ चैत्र २०८१

सुनसरीको बराहक्षेत्र–१ सूर्यकुण्डका १९ वर्षीय निरज राईमाथि अज्ञात समूहले गोली प्रहार गरेका छन्।


शनिबार दिउँसो घाँस काट्न गएका राईलाई एकान्त जंगलमा अज्ञात समूहले लक्षित गरी गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गोली दाहिने खुट्टाको घुँडामाथि लागेपछि उनी गम्भीर घाइते भएका हुन्।


घटनापछि उनीसँगै रहेका अन्य व्यक्तिहरूले तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गराएका छन्।


इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रहरी निरीक्षक विकास राईका अनुसार घटनास्थल एकान्त जंगलभित्र भएकाले आक्रमणको कारण र दोषीको पहिचान अझै खुल्न सकेको छैन। “घटनाको विस्तृत अनुसन्धान आवश्यक छ,” निरीक्षक राईले भने।


हाल प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरिसकेको छ।

प्रतिक्रिया