मोरङ – विवाहको जन्ती फर्काउने कार्यक्रम सकेर उदयपुरको बेल्टार फर्किँदै गरेको बसलाई त्रियुगा नदीले बगाएको छ।>
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बेलुका को १ ख ४७५३ नम्बरको बसलाई उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित नदीले बगाएको हो।>
>
प्रहरीका अनुसार सप्तरीमा जन्ती पुर्याएर फर्किँदै गरेको बस त्रियुगा नदीमा आएको बाढीको चपेटामा परेको थियो। सुनसरीको धरानबाट उदयपुरको बेल्टार चल्दै आएको बराह क्षेत्र नामक सो बस नदीले बगाउने क्रममा बस चालक र सहचालक मात्रै रहेको प्रहरीले जनाएको छ।>
बाढीसँगै नदीको बहाव बढेपछि अनियन्त्रित हुँदै बस बग्न थालेपछि दुवै जनाले ज्यान जोगाएका थिए। हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।>
बस बगाएको स्थान नजिक पक्की पुल भाँचिएर पुर्नःनिर्माण हुन नसकेपछि स्थानीयहरु मर्कामा पर्दै आएका छन्। पक्की पुल निर्माण हुन नसकेपछि सवारीसाधन पनि नदीमा पानीको बहाव कम भएकोतर्फबाट ओहरदोहर गर्दै आएका थिए।>>