'जनादेशको आधारमा भ्रष्टाचारीहरूलाई तुरुन्त जेल हाल्नुपर्छ'

Jasus Khabar 3962+ समाचार ( )
१२ अशोज २०८२

जेनजी आन्दोलनले दिएको जनादेशको आधारमा भ्रष्टाचारीहरूलाई तुरुन्त जेल हाल्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले दसैंको अवसरमा आइतबार भक्तपुरमा गरेको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन कार्यक्रमका वक्ता भ्रष्टाचारीविरोधी अभियन्ताहरूले यस्तो बताएका हुन्।  

हेम सरिता पाठक फाउण्डेशनका संरक्षक एवं भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकले कांग्रेस, एमाले र माओवादी तीन मुख्य दलका मुख्य नेताहरूलाई पक्राउ गरी जेल हाल्नुपर्नेमा जोड दिए। 'यिनीहरूलाई जेल हाल्न जति ढिला हुन्छ, उति यो सरकारप्रतिको जेन्जीहरूको विश्वास पनि गुमाउँदै जानेछ,' उनले भने।

आमामी निर्वाचनमा ६० लाख बढी जेनजी र त्यो भन्दा बढी विदेशमा बसेका मतदाताहरू थपिने भएकाले एक लाख २० हजार शतप्रतिशत मतदाता यी ठूला भनिने दलहरूका विरुद्धमा जाने निश्चित भएको उनले दाबी गरे। यही नै भ्रष्टाचारको अन्यको सुरुवात हुने दाबी उनले गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार