चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास

Jasus Khabar 3958+ समाचार ( )
२२ श्रावण २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग चाँडै भेट गर्ने बताएका छन्। आफ्नो दूतको रुस भ्रमणको क्रममा भएको पुटिनसँगको भेटघाट सौहार्दपूर्ण भएपछि ट्रम्पले यस्तो बताएका हुन्।

रुसस्थित अमेरिकी दूतले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

यसअघि स्टिफ विटकोफसँगको वार्ताको विषय उठाउँदै क्रेमिलनले पनि सकारात्मक सम्भावना व्यक्त गरेको छ। ट्रम्पले युक्रेनसँग युद्ध विराम नगरे रुसमाथि लगाइने प्रतिबन्धको घोषणा गरेको एक दिनपछि सो भेटघाट भएको हो।

ट्रम्पले अमेरिकाका केही निकटस्थ युरोपेली देशसँग वार्ताको विषयमा सल्लाह गरेपछि सामाजिक सञ्जालमार्फत् यो कुरा सार्वजनिक गरेका हुन्।

हवाइट हाउसले रुसी नेतृत्व अहिले अमेरिकी राष्ट्रपतिसँग भेट्न तीव्र चाहनामा रहेको तथा अमेरिकी राष्ट्रपति पुटिन र जेलेन्सकी दुवैसँग भेट्न तयार भएको जनाएको छ।

युक्रेनी राष्ट्रपति जेलेन्सकीले अमेरिकी राष्ट्रपतिको दूतसँग भेट भएपछि यसको बारे युरोपेली साझेदार देशलाई जानकारी गराएका थिए।

प्रतिक्रिया